पत्रपत्रिकाबाट

कांग्रेसका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका बागीलाई पार्टीबाटै निष्कासित

काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका विदोही उम्मेदवारलाई कांग्रेसले पार्टीबाटै निष्कासित गरेको छ । विद्रोही (बागी) उम्मेदवार, प्रस्तावक र समर्थकलाई पार्टीबाट निष्कासित गरेको हो ।

बिहीबार कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै पार्टीका आधिकारिक तथा पार्टी समर्थन गरेका उम्मेदवारविरुद्ध विद्रोही उम्मेदवार, प्रस्तावक र समर्थक बनेकाहरूको पार्टी सदस्यता नरहेको सूचित गराएका हुन् ।

वैशाख १९ गते विज्ञप्ति जारी गरी बागीलाई उम्मेदवारी निष्क्रिय बनाएर पार्टीका अधिकारिक तथा पार्टीले समर्थन गरेका उम्मेदवारको पक्षमा उभिन आग्रह गरेको थियो । उक्त आग्रह अस्वीकार गरेका बागीहरु काँग्रेसको विधान २०१७ (संशोधनसहित)को धारा ४ (१३) (ग) बमोजिम पार्टीबाट स्वतः निस्कासन भएको पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपालसमाचारपत्रमा खबर छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *