ताजा समाचार

आधा खनियो थानकोट–सिस्ने खोला सुरुङ

काठमाडौँ । मुलुककै महत्त्वाकाङ्क्षी परियोजनाका रूपमा रहेको थानकोट–नागढुङ्गा–सिस्ने खोला सुरुङ मार्गको सुरुङ खन्ने काम आधा सकिएको छ । थानकोट–नागढुङ्गा–सिस्ने खोला सुरुङ मार्ग आयोजनाका प्रमुख नरेशमान शाक्यले सुरुङ खन्ने काम ५० प्रतिशत सकिएको जानकारी दिनुभयो । उहाँले नागढुङ्गा ९पूर्व० र नौबिसे ९पश्चिम०तर्फबाट सुरुङ खन्ने काम तीव्र गतिमा भइरहेको पनि बताउनुभयो ।

अहिलेसम्म मुख्य सुरुङमार्गको पूर्वतर्फ ५८० मिटर र पश्चिमतर्फ ५८१ मिटर खनिएको छ । मुख्य सुरुङको कुल लम्बाइ दुई हजार ६८८ मिटर रहेको छ । दुई हजार ५५७ मिटर कुल लम्बाइरहेको सहायक ९इभ्याकुएसन० सुरुङको अहिलेसम्म एक हजार ४१३ मिटर सुरुङ खन्ने काम सम्पन्न भइसकेको छ ।
सहायक सुरुङको पूर्वतर्फ ८२२ मिटर र पश्चिमतर्फ ५९१ मिटर खनिएको छ । सुरुङ मार्गभित्र सिर्जना हुनसक्ने आपत्कालीन अवस्थामा प्रयोगका लागि मुख्य सुरुङ मार्गको समानान्तर हुने गरी सहायक सुरुङ मार्ग निर्माण गरिएको हो ।

उहाँका अनुसार आयोजना स्थलमा दैनिक तीन चरणमा छ सय जनशक्ति कार्यरत छन् । काठमाडौँतर्फ ओभरपास निर्माण सम्पन्न गरी बलम्बुमा फ्लाइओभर निर्माणको तयारी थालिएको छ भने धादिङतर्फ अन्डरपास निर्माण पूरा भएको छ । मुख्य र सहायक सुरुङ मार्गलाई प्रत्येक ३७५ मिटरमा सातवटा सहायक बाटो ९क्रस प्यासेज०ले जोड्ने छ ।

सुरुङ मार्गको काठमाडौँतर्फको सुरु बिन्दु चन्द्रागिरि नगरपालिका–१ स्थित टुटीपाखा र धादिङतर्फको सुरु बिन्दु धुनिबँेसी नगरपालिकाको सिस्ने खोला रहेको छ । कुल लम्बाइ २।७ किलोमिटर र चौडाइ ९क्यारिज वे० साढे नौ मिटरको हुने यस सुरुङ मार्गको बीचमा डेढ मिटर चौडाइको डिभाइडर निर्माण भइरहेको छ ।

सुरुङमा मोटरसाइकल, पेट्रोलियम पदार्थ तथा विस्फोटक पदार्थ बोकेका र गह्रौँ तौल हुने सवारीसाधनलाई प्रवेश नदिइने बताउँदै आयोजना प्रमुख शाक्यले भन्नुभयो, “मुख्य सुरुङमा गुडिरहेका सवारीसाधन बिग्रेमा वा कुनै समस्या आएमा आपत्कालीन उद्धारका लागि खटिनुपर्ने सवारीसाधनलाई मात्रै सहायक सुरुङमा प्रवेश दिइने छ ।” उहाँले साढे तीन वर्षभित्र काम सक्ने भनिएकोमा गतवर्ष कोरोना सङ्क्रमणका कारण सिर्जित बन्दाबन्दीले आयोजना निर्माणका लागि ८६ दिन म्याद थप भएको जानकारी दिनुभयो । गाेरखापत्रमा खबर छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *