ताजा समाचार

वडाध्यक्ष गुरुङले फिर्ता गरे वडा कार्यालयको मोटरसाइकल

खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिका–३ बासपानीका वडाध्यक्ष खगेन्द्र गुरुङले वडा कार्यालयको मोटरसाइकल फिर्ता गरेका छन् । वडाध्यक्ष गुरुङले प्रयोग गर्दैआएको प्रदेश १–०५–००१ ब ००१३ नम्बरको बाईक आसन्न स्थानीय तहको निर्वाचनलाई मध्येनजर गर्दै गाउँपालिकालाई फिर्ता गरेका हुन् ।

निर्वाचन आचारसंहिता, २०७८ लागू भएपछि वडाध्यक्ष गुरुङले गाउँपालिका पुगेर मोटरसाइकलको चाँबी र ब्लुबुक प्रमुख प्रशासकीय अधिकृत अजम्बर राईलाई हस्तान्तरण गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *