काठमाणडाै । त्रिभुवन अन्तर्राष्टिय विमानस्थलबाट १ राउण्ड गोली सहित युवती पक्राउ परेकी छिन।उनी तनहँ भानु नगरपालिका-७ मा वस्दथिन। जापान जान लागेकी २७ वर्षीया सोबिता नेपालीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
नेपाल एयरलाईन्सकाे उडानद्वारा काठमाडौबाट जापानको नारिता जान लागेकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको झोलामा उक्त गोली फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




