काठमाण्डाैं। पत्रकार ऋषि धमलालाइ प्रेस काउन्सिल नेपालले पत्र काटेकाे छ।चैत २० गते प्रधानमन्त्री शेरवहादुर देउवाकाे भारत भ्रमणबाट फर्कदै गर्दा विमानकाे ककपिट छिर्न खाेजेपछि उनले गैर ब्यावसायिक अाचरण देखाएकाे भन्दै काउन्सीलले पत्र काटेर स्पष्टिकरण साेध्न लागेकाे हाे।धमलाले विमान भित्रै यात्रुहरूसंग वार्तालाप गरेका थिए भने यसपछि एयरहाेस्टेसलाइ हातपात गरेका थिए।
यहि सिलसिलामा वयान दिन उनलाइ काउन्सीलले साेमवार वाेलाएकाे छ।




