समाचार

१८ वर्षकी युवतीसंग याैन सम्वन्ध राखेपछि नर्वेका रक्षामन्त्रीकाे पद गयाे

काठमाण्डाैं । नर्वेका रक्षामन्त्री ओड रोजर एनोक्सेनले १८ वर्षकी महिलासँग आफ्नो वर्षौंदेखिको याैन सम्बन्ध रहेको खुलेपछि राजीनामा दिएका छन । रक्षा मन्त्री एनोक्सेनले सन् २००५ देखि नै युवतीसंग सम्वन्ध राखेका थिए। त्यतिवेला युवतकीकाे उमेर १८ वर्ष थियाे भने उनकाे उमेर ५० बर्ष पुगिसकेको थियो । युवती अहिले ३० वर्षकी भएकी छिन।

नर्वेकाे राजधानी ओस्लोस्थित संसदमा एक दिने शैक्षिक भ्रमणमा गएकाे समय उनीहरूबीच पहिलो भेट भएको थियो । यसपछि नै एनाेक्सले युवतीसंग याैन सम्वन्ध राखेका थिए। हाल वयस्क भएकी महिलाले राजनीतिमा लाग्नकाे लागि एनाेक्सलाइ प्रयाेग गरेकाे खुलासा गरेकी छिन।उनले एनोक्सेन ऊर्जा मन्त्री हुँदा सन् २००६ देखि २००७ को अन्तमा एनोक्सेनको कार्यालयमा कम्तीमा १२ पटक भेट भएको र भेटमा उनीहरूले ‘यौनजन्य क्रियाकलाप’ समेत गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *