काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरको स्वास्थ्यावस्थाबारे जानकारी लिएका छन्।
श्वासप्रश्वासमा समस्या भई ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार गराइरहनुभएका ठाकुरको स्वास्थ्यावस्थाबारे जानकारी लिन आज साँझ गृहमन्त्री खाँण अस्पताल पुग्नुभएको हो ।
पार्टी कार्यक्रमका लागि भैरहवामा रहेका अध्यक्ष ठाकुरलाई छाती दुख्ने, ज्वरो आउनेजस्ता समस्या देखिएपछि उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको थियो ।
ठाकुरको स्वास्थ्यावस्थामा सुधार आएको उपचारमा संलग्न चिकित्सकले गृहमन्त्री खाँणलाई जानकारी गराउनुभएको थियो । खाँणले भेटका क्रममा ठाकुरको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुका साथै प्रधानमन्त्री शेरबहादुर देउवाले पनि स्वास्थ्यावस्थाबारे जिज्ञासा राखेको उनलाई सुनाएका थिए




