समाचार

जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ, साढे तीन लाख रुपैयाँ बरामद 

बाँके । कोहलपुर नगरपालिका–११ बसपार्कस्थित होटेल रेडिसनबाट जुवातास खेलिरहेको अवस्थामा ५ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । 

ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ६२ हजार ६ सय ५० रूपैयाँ सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *