समाचार

धनुषामा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

धनुषा ।  धनुषाको विदेह नगरपालिका–६ एकराहीमा शनिबार बेलुकी स्कारपियो जिपको ठक्करबाट एक जना पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको । सोही घटनामा दुई जना साइकलयात्री घाइते भएका छन् । 

मृत्यु हुनेमा पैदलयात्री स्थानिय अन्दाजी ४० वर्षीय हरी चन्द्र खत्वे मण्डल रहेका छन् । उनको घटनास्थलमै  मृत्यु भएको प्रहरीले जनाएको छ । 

घाइते भएका साइकलयात्रीद्धय सोही ठाउँका ४२ वर्षीय कुल्दिप महरा र ४० वर्षीय दिपु महराको जनकपुर स्थित रामजानकी अस्पतालमा उपचार भईरहेको छ । 

शनिबार बेलुकी पौने ९ बजे जनकपुरबाट एकराहीतर्फ आउँदै गरेको भारतीय नम्बरको जिपले पैदलयात्री सहित साइकलयात्रीलाई ठक्कर दिएको थियो । ठक्कर दिने जिप सहित चालक प्रहरी चौकी गिद्धा धनुषाको नियन्त्रणमा रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *