समाचार

धनगढीमा आगलागीबाट एक करोड बराबरको क्षति

सिरहा ।  धनगढिमाई नगरपालिका–१० धनगढी बजार बस्ने रामबिलास साह सहित ४ जनाको घरमा आगलागी हुँदा एक करोड रुपैयाँभन्द बढीको क्षति भएको छ । 

बिद्युतको मिटर सर्ट भई बिहीबार राति आगलागी हुँदा उक्त क्षति भएको प्रहरीले जनाएको छ ।  

प्रहरी, स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *