समाचार

हेटौंडामा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु 

काठमाडौं ।  मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीमा बिहीबार बिहान बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । 

बसको ठक्करबाट गम्भीर घाइते भएका हाल पहिचान नखुलेको अन्दाजी ४० वर्षीय पुरुषको उपचारको क्रममा जिल्ला अस्पताल हेटौडामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बागमती प्रदेश ०३ ००१ ख १३६५ नम्बरको बसले पैदलयात्री उनलाई आज बिहान सवा ४ बजे ठक्कर दिएको थियो । 

ठक्कर दिने बस सहित चालक ईलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरको नियन्त्रणमा रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *