ताजा समाचार

अवैध लागु औषधसहित युवक पक्राउ

सिरहा। सिरहा प्रहरीले प्रतिबन्धित लागु औषधसहित एक युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजारको प्रमुख प्रहरी निरीक्षक राजु केसीका अनुसार प्रहरीले गोलबजार नगरपालिका-५ को ३२ वर्षीय अरूणकुमार साहलाई नियन्त्रणमा लिएको हो ।

विशेष सूचनाको आधारमा घरमा लुकाईछिपाइ राखेको लागु औषध ६ सय थान ट्याब्लेट नाईट्राभेट र इन्जेक्सनसहित साहलाई पक्राउ गरेको जनाएको छ । थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *