समाचार

ट्रयाक्टरमा च्यापिएर चालकको मृत्यु 

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९ बस्तिपुरमा गएराती ट्रयाक्टरमा च्यापिएर चालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा ट्रयाक्टर चालक मकवानपुरकै राक्सिराङ गाँउपालिका–८ का २८ वर्षीय सागर स्याङतान रहेका छन् । 

गएराती २ बजे हेटौडाको भुन्द्रुङबाट बस्तिपुर तर्फ आउँदै गरेको ना ६ त १८४५ नम्बरको ट्रयाक्टर स्थानिय राप्ति खोलामा खसेको थियो । 

काठको पुल भाँचिएर ट्रयाक्टर खोलामा खस्दा चालकको च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रयाक्टरमा सवार स्थानिय १६ वर्षीय बिशाल बल भने सकुशल रहेको ईलाका प्रहरी कार्यालय ज्यामिरेले जानकारी दिएको छ  ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *