समाचार

पोखराबाट स्रोत नखुलेको २२ लाख रुपैयाँसहित एक जना पक्राउ 

काठमाडौं । पोखराबाट २२ लाख नगदसहित एक जना युवक पक्राउ परेका छन् ।

गएराति पोखरा महानगरपालिका–३० पावर हाउस सडकबाट स्रोत नखुलेको नगद २२ लाख रुपैयाँ सहित नवलपरासी (पश्चिम) सुस्ता गाउँपालिका २ रुपौलिया बस्ने ३० वर्षीय कुलदेव कुमाललाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा ३ ख ८६२१ नम्बरको बसलाई वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त स्रोत नखुलेको नगद सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *