समाचार

रुपन्देहीमा मोटरसाइकलबाट खसेर एक जनाको मृत्यु

काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ नयाँमिलचोकमा बिहीबार राति मोटरसाईकलबाट खसेर १ जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा मोटरसाईकलमा पछाडि सवार तिलोत्तमा नगरपालिका–१५ पत्थरडाँडाका २३ वर्षीय जित बहादुर थापा रहेका छन् । 

घाइते उनको बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा गए राति पौने १ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

गएराती १२ बजे बुटवलबाट भैरहवातर्फ जाँदै गरेको नम्बर नखुलेको मोटरसाईकलबाट थापा खसेका थिए । 

दुर्घटना पश्चात मोटरसाईकल सहित चालक फरार रहेकाले खोजी भईरहेको ईलाका प्रहरी कार्यालय मंगलापुर रुपन्देहीले जानकारी दिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *