काठमाडौं । आगामी निर्वाचनमा गठबन्धन नगर्ने भन्दै नेपाली कांग्रेसका शीर्ष नेताहरुले दिएको अभिव्यक्तिप्रति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आपत्ति जनाउनुभएको छ । माओवादीकै बलमा कांग्रेसको नेतृत्वमा सरकार बनेको स्मरण गर्दै उहाँले अपमानजनक रुपमा कांग्रेसका नेताहरुले दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका हुन् ।
एमसीसी सम्झौता संसद्बाट पारित गर्ने क्रममा कांग्रेसका सांसद डा. मीलेन्द्र रिजालले माओवादीलाई नीतिलाई लक्षित गर्दै अभिव्यक्ति दिएका थिए । रिजालको अभिव्यक्तिले माओवादीका नेताहरु असन्तुष्ट बन्दै आएका छन् । अन्तिम अवस्थामा माओवादीले एमसीसी पारित गर्ने निर्णय गरेको भन्दै रिजालले संसदमा माओवादीको धज्जी उडाउने गरी अभिव्यक्ति दिएका थिए ।
माओवादीले आगामी स्थानीय प्रदेशसँगै संघीय निर्वाचनमा पनि गठबन्धन बनाएरै अघि जानु पर्ने नीति लिएको छ । तर कांग्रेसका उपसभापति धनराज गुरुङले गठबन्धन गर्ने विषयलाई हात्तीको कानमा चमेराको बास भन्ने व्याग्य गरेका थिए । कांग्रेसका महामन्त्री गगन थापा, नेता डा। शेखर कोइराला लगायतका शीर्ष नेताहरु गठबन्धन नगरी एक्लै चुनाव लडनु पर्ने पक्षमा उभिदै आउनुभएको छ । मंगलवार कांग्रेसको केन्द्रीय समितिको बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले गठबन्धनको चित्त दुख्ने गरी अभिव्यक्ति नदिन निर्देशन दिएका थिए ।
नेपालसमाचार पत्रमा खबर छ ।




