समाचार

मिथिला परिक्रमा क्रममा तीर्थालुको मृत्यु

काठमाडौं । मिथिला माध्यमिकी परिक्रमा यात्रारत एकजना तीर्थालुको मृत्यु भएको छ ।

महोत्तरीको मट्टीहानीमा नुहाउने क्रममा एक्कासि बेहोस भएर स्थानीय अस्पतालमा उपचारका क्रममा प्रमिलादेवी साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

उनी भारतको बिहारको मधुबनी जिल्लास्थित बासोपाट्टीकी निवासी रहेको आफन्तले बताएका छन् । महिलाको शव जलेश्वरस्थित सान्ती कम्युनिटी अस्पतालमा राखिएको छ ।

आइतबार मात्र मिथिला परिक्रमा मट्टीहानी आइपुगेको थियो । आज पाँचौं दिन तीर्थालुहरूको ठूलो समूह मट्टीहानीबाट जलेश्वर प्रस्थान गरेको छ । आज जलेश्वरमा बास बसेर भोलि तीर्थालुहरु मडडइ जाने छन् । तीर्थालुहरूको व्यवस्थापनलाई ध्यान दिँदै आज जलेश्वरमा सार्वजनिक बिदासमेत दिइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *