समाचार

‘चीनसँगको आयात निर्यातमा गम्भीर असर’

काठमाडौं । परराष्ट्र मन्त्री डा. नारायण खड्काले चीनसँगको आयात निर्यातमा गम्भीर असर परेको बताएका छन् । सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा मन्त्री खड्काले चीनसँगको उत्तरी नाकाबाट आयात धेरै भइरहे पनि निर्यात ठप्प रहेको बताए ।

‘चीनसँगका नाकाबाट आयात धेरै भइरहेको छ । यताबाट सामान पठाउन सकिएको छैन। निर्यात ठप्प छु, उनले भने, ुयो समस्या समाधान गर्न चीनसँग कुराकानी भइरहेको छ ।’ गोरखासहितका हिमाली जिल्लामा चीनको बाटो हुँदै खाद्यान्न लैजानुपर्ने बाध्यता रहेको पनि उनको भनाई छ ।

‘हाम्रा गोरखा लगायत केही ठाउँमा चीनको बाटो हुँदै खाध्यान्न लैजानुपर्ने अवस्था छ। त्यसका लागि चीनसँग कुराकानी भइरहेको छु’, उनले भने । खड्काले कोरोना संकटपछि नेपाल फर्किएका विद्यार्थीहरुलाई फेरि चीन पठाउने पहल भइरहेको बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *