ताजा समाचार

कांग्रेस एमसीसी संसद्को पक्षमा उभिने

काठमाडौं । प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता र प्रधान न्यायाधीशमाथिको महाअभियोग प्रस्ताव संसद्बाट पारित गर्ने निर्णय गरेको छ । हिजो मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकले आज बुधबार बस्ने संसद् बैठकमा एमसीसी टेबुल हुने भन्दै सबै सांसदहरू एमसीसीको पक्षमा उभिने निर्णय गरेको हो ।

संसदीय दलको बैठकमा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले एमसीसीबारे सभामुख अग्निप्रसाद सापकोटासँग परामर्श गरिसकेकोले आजको संसद् बैठकमा एमसीसी टेबल हुनेमा आपूm विश्वस्त रहेको जानकारी दिनुभएको थियो । कांग्रेस सांसद डा. डिला संग्रौलाका अनुसार प्रधानमन्त्री देउवाले एमसीसी संसद् बैठकमा टेबल भएपछि सबै सांसदले अनुमोदन गर्ने विश्वास पनि व्यक्त गर्नुभएको थियो ।

बैठकमा पूर्व अर्थमन्त्रीसमेत रहेका डा। रामशरण महतले एमसीसीबारे विस्तृत जानकारी गराउनुभएको थियो । यसअघि बसेको कांग्रेस कार्यसम्पादन समिति बैठकमा पनि डा। महतले एमसीसी बारेमा बताउनुभएको थियो । अहिले संसद्मा टेबल गर्न लागिएको एमसीसी सम्झौता एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले २०७६ असार ३० गते छलफलका लागि संसद्मा दर्ता गरेको थियो ।

नेपालसमाचार पत्रमा खबर छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *