ताजा समाचार

कञ्चनपुरको गड्डाचौकी नाका सन्चालनमा

काठमाडौं । भारतको उत्तराखण्ड प्रदेशमा भएको निर्वाचनका क्रममा बन्द गरिएको कञ्चनपुरको गड्डाचौकी नाका खुला गरिएको छ।

उत्तराखण्डमा निर्वाचन सकिएसँगै सोमबार साँझदेखि नाका खुला गरिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ।

नाका खुला गरिएसँगै आवतजावत सुरु गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयले बताए । भारतको उत्तराखण्डसँग सीमा जोडिएको कञ्चनपुरको गड्डाचौकी नाका शुक्रबार साँझदेखि ७२ घण्टाका लागि नाका बन्द गरिएको थियो ।

गड्डाचौकी नाकासँगै उत्तराखण्डसँग सिमाना जोडिएका बैतडी र दार्चुलाका नाकासमेत ७२ घण्टाका लागि बन्द गरिएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *