ताजा समाचार

गठबन्धन भत्काउने ओलीको चाहना पुरा हुँदै

काठमाडौं । सत्ता गठबन्धनभित्र अमेरिकी सहयोग परियोजना मिलिनिय च्यालेन्ज कर्पोरेसन ९एमसीसी० सम्झौता संसद्मा टेबल गर्ने विषयमा विवाद चुलिएको छ ।सत्तारुढ गठबन्धनका तीन शीर्ष नेताबीच शनिबार बालुवाटारमा भएको बैठक बिनानिष्कर्ष टुंगिएको छ । एमसीसी सम्झौतालाई अगाडि बढाउने विषयमा भएको छलफलमा शीर्ष तीन नेता आ–आफ्नै अडानमा कायम रहेपछि बैठक बिनानिष्कर्ष टुंगिएको हो । देउवा सचिवालयका एक सदस्यका अनुसार प्रधानमन्त्री देउवाले एमसीसीलाई संसद्मा टेबल गर्न जोड दिएपछि प्रचण्ड र नेपालले सत्ता गठबन्धभित्र साझा धारणा निर्माण नभई अगाडि बढे गठबन्धन भत्किनसक्ने चेतावनी दिनुभएको थियो । तर, प्रधानमन्त्री देउवाले भने सम्झौता टेबल गर्दैमा गठबन्धन नभत्किने आश्वासन दिनुभएको थियो ।


बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ढिला नगरी एमसीसीलाई संसद्मा टेबल गर्न र त्यहींबाट छिनोफानो गर्न आग्रह गर्नुभएको थियो । तर, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिलेकै अवस्थामा एमसीसी संसद्मा टेबल गर्न नहुने अडान दोहर्याउनु भएको थियो । जवाफमा प्रधानमन्त्री देउवाले संसद्मा सबै दलले धारणा राख्न पाउने भएकाले एमसीसी टेबल गर्न धेरै ढिला गर्न नहुने अडान दोहोर्याउनुभएको थियो


प्रधानमन्त्री देउवाले एमसीसी टेबल गर्न गरेको आग्रह प्रचण्डले अस्वीकार गरेपछि एमसीसीको मुख्यालयलाई प्रचण्डले लेखेको पत्र सार्वजनिक भएको थियो । उक्त पत्र सार्वजनिक भएपछि प्रचण्ड ठूलो दबाबमा पर्दै आउनुभएको छ । यद्यपि, उहाँले एमसीसी सम्झौतामा रहेको असमान बुँदा संशोधन नगर्दासम्म एमसीसी पारित गर्न नसकिने अडान कायमै राख्नुभएको छ ।

यता, एमसीसीबारे छिटो निर्णय लिन अमेरिकाले समेत दबाब दिँदै आएको छ । प्रधानमन्त्री देउवा र अमेरिकाको दबाबपछि एमसीसीको बारेमा निर्णय गर्न प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग टेलिफोन संवादसमेत गर्नुभएको छ । तर, जवाफमा ओलीले सत्ता गठबन्धनले निर्णय गर्नुपर्ने विषय भएकाले आफ्नो पार्टीले अहिले नै निर्णय नगर्ने जवाफ दिनुभएको छ । प्रधानमन्त्री देउवा कुनै पनि हातलमा एमसीसी टेबल गरेर पास गराउने अडानमा अगाडि बढेपछि रोक्नको लागि प्रचण्डले ओलीसँग संवाद गरे पनि सकारात्मक जवाफ नपाएपछि सबैभन्दा बढी प्रचण्ड संकटमा पर्नुभएको छ ।
आजको नेपालसमाचारपत्रमा खबर छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *