समाचार

सवारी दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौं । छुट्टाछुटै स्थानको सवारी दुर्घटना परी ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा मृत्यु हुनेहरुका बर्दिया, तनहुँ, चितवन र मकवानपुरका रहेका छन् ।

बर्दियाको बढैयाताल सतपतियास्थित भित्री सडकमा सुर्खेतबाट जमुनी बर्दियातर्फ जाँदै गरेको टिपरको ठक्करबाट आगो तापी बसिरहेका ४५ वर्षीय सोम बहादुर बिकको घटनास्थलमै र ४५ वर्षीय रामु थारुको नर्सिङ होम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै सोही टिपरको ठक्करबाट घाइते भएका अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तनहुँको बन्दिपुर बेलभ्ञ्याङस्थित सडकमा ट्रक र मोटरसाइकल एक–आपसमा ठक्कर खाई सोमबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक २२ वर्षीय अनिल बाचेमगर र सोही मोटरसाइकलमा सवार २१ वर्षीय बिकास बिकको घटनास्थलमै मृत्यु भएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चितवनको भरतपुर बसन्तचोकस्थित सडकमा टाँडीतर्फ जाँदै गरेको ट्रक आफै अनियन्त्रित भई विजुलीको पोलमा ठोक्किदा दुर्घटना हुँदा ट्रक चालक ४० वर्षीय मेघराज खत्रीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *