ताजा समाचार

जाजरकोटका एमालेबाट निर्वाचित वडाध्यक्षमाथि कालोमोसो दलियो

जाजरकोट । जिल्लाको छेडागाड नगरपालिकाका एक वडाध्यक्षलाई (विप्लव) निकट विद्यार्थी संगठन अखिल९क्रान्तिकारी० जाजरकोटले कालोमासोसहित जुत्ताको माला लगाएको छ । नगरपालिकाको(६ का वडाध्यक्ष रामबहादुर केसीलाई कालोमोसो र जुत्ताको माला लगाइएको हो ।

यस्तै अखिल क्रान्तिकारी जाजरकोटले सामाजिक सञ्जाल फेसबुकमा विज्ञप्ति जारी गर्दै जनविकास माद्यामिक विद्यालयको फिल्ड निर्माणमा उनले ९ लाख हिनामिना गरेको आरोप लगाएको छ । यस्तै अफ्गान पुल्ला सडक निर्माणमा ७० लाख बजेटबाट १७ लाख घुस खाएको, राधेदेखि विराखोला सडक स्तरउन्नतिमा ५ लाख हिनामिना गरेको, कोभिड १९ लाई नियन्त्रण गर्न उपलब्ध भएको रकम ७८ हजार वडा सचिवको किर्ते हस्ताक्षर गरी चेक साटेर हिनामिना गरेको आरोप उनीमाथि लागेको छ।

यस्तै बाहुन गाउँदेखि अफ्गान खानेपानी योजनाबाट २५ लाख रुपैयाँ हिनामिना गरेको, स्वास्थ्य चौकीको सोलार खरिदमा सबै काम सम्पन्न भएको तर कमिसन मागेर पैसा निकासा गर्न नदिएको, थालीखोला मुहानबाट ल्याइएको जेवा खानेपानीमा सात लाख रुपैयाँ हिनामिना गरेको, सरकारले विकास योजनाका लागि दिएको बजेटबाट गुणस्तरीय काम नगरेको आरोप लगाउँदै अखिल क्रान्तिकारी जाजर कोटले कालोमोसो दलेको हो । यता नेकपा एमालेले विज्ञप्ति जारी गर्दै कालोमोसो दल्नु गलत भएको भन्दै इमान्दार, कर्तव्य निष्ठ कार्यकर्तामाथि आक्रमण भएको भन्दै विरोध जनाएको छ । विद्यार्थीले लगाएको आरोप गलत भएको एमालेले जनाएको छ ।
आजको नेपालसमाचारपत्रमा खबर छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *