ताजा समाचार

मधेश प्रदेशमा आज सार्वजानिक बिदा

जनकपुरधाम । प्रदेशको नामकरण मधेस र स्थायी राजधानी जनकपुरधाम पारित भएको खुसीयालीमा प्रदेश सरकारले मंगलबार (आज)सार्वजनिक बिदाको घोषणा गरेको छ ।

मधेस प्रदेशका प्रवक्ता समेत रहेका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले मंगलबार सार्वजनिक बिदाको घोषणा गरेका हुन् । प्रदेश स्थापनाको चार वर्षपछि प्रदेश सरकारले प्रदेशको नाम र स्थायी राजधानी प्रदेश सभाबाट टुंगो लगाउन सफल भएको हो । मधेस नामाकरणको पक्षमा ८० जना प्रदेशसभा सदस्य रस्थायी राजधानी जनकपुरधामको पक्षमा ७८ जना प्रदेशसभा सदस्यले मतदान गरेका थिए । मन्त्री साहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मधेस प्रदेश र राजधानी जनकपुर भएकाले मंगलबार मधेस प्रदेशमा सार्वजनिक बिदा ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *