समाचार

भीम रावल भन्छन-लिपुलेकमा वाटाे वन्दा सरकार किन माैन ?

काठमाण्डाैं । नेकपा एमालेका नेता भीम रावलले नेपालकाे नक्सामा समेटिएकाे लिपुलेकमा भारतले वाटाे वनाउँदा सरकार किन माैन वसेकाे भनेर प्रश्न गरेका छन।उनले भारतीय प्रधानमन्त्रीले खुलेयाम वाटाे वन्दै गरेकाे भन्दा पनि सरकार माैन वसेर गलत गरेकाे वताएका हुन। नेपालकाे लिपुलेक देखि लिम्पियाधुरासम्मकाे जमिन भारतले हडपेर राखेकाे छ।भारतले मिचकाे याे जमिन नेपालले संविधान संशाेधन गरेर नक्सामा समेटेपनि जमिनकाे स्वामित्व भने पाउन सकेकाे छैन।अझ यस ठाउमा उल्टै भारतले वाटाे वनाउन थालेपछि रावलले यसवारेमा सरकार किन माैन भनेर प्रश्न गरेका हुन।उनले भनेका छन-नेपालको लिपुलेकमा सडक अघि बढाउने भनी भारतीय प्र.मं.नरेन्द्र मोदीको सार्वजनिक भनाईमा नेपाल सरकार किन मौन ? लिपुलेक,कालापानी र लिम्पियाधुरा नेपाली भूमि भएका अकाट्य प्रमाण छन्।एमसीसी सम्झौताबारे देउवा-ओली वार्ता गर्ने तर देशको भूभाग अतिक्रमणमा परेकोबारे कुरा नगर्ने, लज्जास्पद चरित्र!

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *