ताजा समाचार

व्यापारीकाे आँखा नारायणहिटी सङ्ग्रहालयमाः लमजुङ कक्ष जोगियो, बगैँचा मासियो

काठमाडौँ । नारायणहिटी दरबारको मुख्य ढोका नजिकै लमजुङ कक्ष ९बैङ्केट हल० छ । यो कक्ष तत्कालीन राजपरिवारले विशिष्ट स्वदेशी तथा विदेशी पाहुनालाई भोज खुवाउन प्रयोग गरिन्थ्यो । सरकारले दरबारलाई सङ्ग्रहालयमा परिणत गरेपछि यस कक्षलाई यथास्थितिमै राखेर संरक्षण गर्ने निर्णय भयो, जुन निर्णय दरबारभित्रको संरचनालाई जीवन्त राख्ने एउटा महìवपूर्ण प्रयास थियो तर यही कक्षमा केही व्यक्तिले आँखा लगाए ।

सङ्ग्रहालयका प्रवक्ता बुद्धिबहादुर गुरुङ भन्नुहुन्छ, “लमजुङ कक्षबाट सुरु भएको भाडाको मोलमोलाई बगैँचासम्म पुगेपछि विवादमा आएको हो । धनाढ्य परिवार र विदेशी नागरिकलाई भोज खुवाउने रेस्टुरेन्ट चलाउन भाडामा लिने प्रस्ताव आएको थियो ।”
नेपालको मौलिक कलाशैली झल्किने, आकर्षक सजावट र झिलिमिली बत्तीसँगै भोजनका लागि निर्माण भएको यो कक्षलाई केही व्यापारी समूहले तीन वर्षअघि नै रेस्टुरेन्ट चलाउन भाडामा लिने प्रस्ताव गरेको उनी सम्झन्छन् । यस प्रस्तावको सङ्ग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले खुलेरै विरोध गरे। दरबारभित्रको ऐतिहासिक कक्ष भाडामा लगाउने कुरामा दाहालले असहमति जनाएपछि उक्त प्रस्ताव तुहिएको थियो तर पछि सम्झौता गर्दा भने त्यो अडान कायम रहेन ।

२०७७ को सुरुतिर सङ्ग्रहालयभित्र ‘कफिसप’ चलाउनु प(यो भन्दै अर्को प्रस्ताव आयो, यो प्रस्ताव सङ्ग्रहालयका कर्मचारी तहबाट नभई व्यापारी समूहले माथिल्लो निकायमा राखेको स्पष्ट हुन्छ । कक्ष नपाएपछि बगैँचा हात पार्न मन्त्रालयदेखि सङ्ग्रहालयसम्म पैरवी (लविङ) भएको देखिन्छ । सङ्ग्रहालय अवलोकन गर्न आउनेका लागि खाजा–नास्ता, पानी तथा शौचालयको व्यवस्था र कर्मचारीका लागि सस्तो शुल्कमा खाजा–नास्ता खान क्यान्टिन आवश्यक थियो । त्यहीबीचमा मुख्य प्रवेशद्वारको बायाँपट्टि रातो घरसहितको छ आना तीन पैसा जमिन भाडामा लगाउने कुरामा सहमति जुट्यो । सोही सहमतिअनुसार, आवश्यक कानुनी प्रक्रियाका लागि २०७७ साउनमा टेन्डर आह्वान गर्दा तीनवटा कम्पनीले आवेदन दिएका थिए । आवेदन दिनेमध्ये दुईवटा कम्पनी होटल आनन्द र बीपीएस लिजिङ एन्ड म्यानेजमेन्ट बतास समूहका हुन् । आजका गोरखापत्रमा खबर छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *