राजनीति

सत्ता गठबन्धनकाे बैठक बस्दै, राष्ट्रियसभा निर्वाचनमा भागबण्डा मिलाउने तयारी

काठमाडौं । सत्ता गठबन्धनको बैठक आज बस्ने भएको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा बैठक सोमबार बिहान बस्ने भएको हो ।

राष्ट्रिय सभा सदस्यको निर्वाचनमा उम्मेदवार छान्नका लागि छलफल गर्न गठबन्धनको बैठक बस्न लागेको जनाइएको छ ।आगामी फागुनदेखि चार वर्षे कार्यकाल पूरा गरेका राष्ट्रिय सभाका २० सांसदको पद रिक्त हुँदैछ । जसमा प्रतिपक्षी नेकपा एमालेबाट आठजना, नेकपा माओवादी केन्द्रबाट चार, नेकपा एकीकृत समाजवादीबाट चार, नेपाली काँग्रेसबाट तीन र मनोनीत एकजना सांसद छन् ।

केही समय यता सत्ता गठबन्धनको बैठक बस्न सकेको थिएन । यसअघि मंसिर ४ गते सत्ता गठबन्धनका दलसहित संसदमा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदीय बैठक बसेको थियो । तर उक्त छलफलमा प्रमुख प्रतिपक्षी एमाले भने अनुपस्थित रहेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *