राजनीति

सहमहामन्त्री महतद्वारा लिखित ‘Nepali congress and nation building’ सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतद्वारा लिखित ‘Nepali congress and nation building’ पुस्तक सार्वजनिक भएको छ ।

बिहीबार बिहान लैनचोरस्थित लैनचौर ब्यांकेटमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुस्तक बिमोचन गरेका हुन् ।

विमोचन कार्यक्रममा बोल्दै डा. महतले आफूले एमए पढ्दा लेखेको थेसिसलाइ पुस्तकको आकार दिएको र कन्टेन्ट थपेको बताए । उनले कांग्रेसको आर्थिक नीति र नेपालको आर्थिक नीति पुस्तकमा चित्रण गरेको बताए । उनले वीपि कोइरालाले कोरेको खाका र तणयसले ल्याएको रूपान्तरणको बारेमा लेखेको बताए ।

कार्यक्रममा बोल्दै उनले भने, ‘कसरी संसारभर लोकतान्त्रिक विचार सुरू भयो भन्ने हिसाबाट लेखेको छुँ । नेपालमा २००७ सालदेखि को आर्थिक नीतिको कोरिएको खाकाको बारेमा वृस्तत लेखेको छु।’

त्यसैगरी उनले विपीले अपनाएको आर्थिक नीति अहिले नेपालमा लागू नभएको भन्दै उनले शेरबहादुर देउवाको नेतृत्वमा दोस्रो कार्याकालममा त्यो सपना पूरा गर्ने बताए । उनले देउवाले पार्टी एक बनाउने भन्दै अबको चुनाब जितेर नेपालमा आर्थिक रूपान्तरण गर्ने बताए ।

कांग्रेसलाइ आधुनिक गतिशील पार्टी बनाउने अभिभारा पनि शेरबहादुर देउवाले बोकेको बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *