विश्व

भारतीय सेना प्रमुख सवार हेलिकोप्टर दुर्घटनाः ४ अधिकारीको शव भेटियाे

काठमाडाैँ । भारतीय सेना प्रमुख विपिन रावत सवार हेलिकप्टर दुर्घटना भएको छ । तमिलनाडुको कुन्नुरमा भएकाे हेलिकोप्टर दुर्घटनामा ४ अधिकारीको मृत्यु भएको छ । उनीहरुको नाम भने खुलाइएको छैन ।

सेना प्रमुख रावतको स्वास्थ्य अवस्थाबारे अहिलेसम्म आधिकारिक रूपमा केही भनिएको छैन । हेलिकप्टरमा उनकी श्रीमती पनि सवार थिइन् ।

न्युज एजेन्सी एएनआईका अनुसार हेलिकप्टर सुलुर एयरबेसबाट वेलिंगटन जाँदै थियो । हेलिकप्टरमा १४ वरिष्ठ अधिकारीहरू सवार थिए । दुर्घटनास्थलमा चिकित्सकको टोली पठाइएको छ । घटनास्थलमा सेनाका अधिकारी पनि छन् । ८० प्रतिशत जलेको २ शव निकालिएको छ । उनीहरुको पहिचान गर्ने प्रयास भइरहेको छ । पहाड मुनिबाट अझै केही शव देखिन्छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *