बागमती प्रदेश

बागमतीमा ८ मन्त्रालय फुटाएर १४ पुर्‍याइयो (सूचीसहित)

काठमाडौँ । बागमती प्रदेश सरकारले मन्त्रालयहरु विभाजन गरेको छ । प्रदेश सरकारले यसअघि कायम रहेको ८ मन्त्रालयलाई विभाजन गरी १४ वटा पुर्याएको छ ।

सरकारमा आबद्ध दलहरुलाई भागबन्डा मिलाउन मन्त्रालय विभाजन गरिएको हो । प्रदेश सरकारमा नेकपा (एकीकृत समावादी)को नेतृत्वमा नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) रहेका छन् । सरकारको नेतृत्व गरेका एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र पाण्डेले गत मंसिर १५ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार प्रदेशको हाल कायम रहेको ८ मन्त्रालयलाई विभाजन गरेर १४ वटा पुर्याउने निर्णय गरेका हुन् । गठबन्धनका दलहरुबीच भागबन्डा मिलाउनका लागि मन्त्रालय विभाजन गरी १४ वटा पुर्याएको हो ।

मन्त्रायल थप गरी राजपत्रमा सूचनासमेत प्रकाशन गरिएको छ । प्रदेश सरकार स्थापनाका बखत बागमती प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित ७ मन्त्रालय थिए । तत्कालीन समयमा प्रदेशमा आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रायल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रायल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, समाजिक विकास मन्त्रालय रहेका थिए ।

नेकपा (एमाले)को तर्फबाट सरकारको नेतृत्व गरेकी पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारले कायम रहेका ७ मन्त्रालयलाई विभाजन गरी ८ वटा बनाएको थियो । शाक्यले सामाजिक विकास मन्त्रालयलाई फुटाएर स्वास्थ्य मन्त्रालय अलग गरेकी थिइन् ।

हाल मुख्यमन्त्री पाण्डले पुनः मन्त्रालयहरु विभाजन गरेका छन् । मुख्यमन्त्री पाण्डेले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १४ वटा मन्त्रालय बनाएका छन् । उनले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयल फुटाएर ३ वटा बनाएका छन् । जसमा उद्योग वाणिज्य तथा आफूर्ति मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय र वन तथा वातावरण मन्त्रालय रहेका छन् । यस्तै, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय फुटाएर २ वटा मन्त्रालय बनाएका छन् । मुख्यमन्त्री पाण्डेले कृषि तथा पशुपन्छी विकास मन्त्रालय र भूमि व्यस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय निर्माण गरेका छन् ।

यसैगरी भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाएर ३ मन्त्रालय बनाएका छन् । जसमा खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्रालय, श्रम, रोजगार तथा यातायात मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय रहेका छन् । यस्तै, सामाजिक विकास मन्त्रालयलाई पुनः फुटाइएको छ । मुख्यमन्त्री पाण्डेले सामाजिक विकास मन्त्रालयबाट युवा तथा खेलकुद मन्त्रालय छुट्याएका छन् ।

बागमती प्रदेशमा हाल ६ सदस्यीय मन्त्रिपरिषद् रहेको छ । नेकपा (एकीकृत समाजवादी)बाट मुख्यमन्त्रीसहित आन्तरिक मामिला तथा कानुनमन्त्रीमा कृष्णप्रसाद खनाल, माओवादी केन्द्रबाट सामाजिक विकासमन्त्री कुमारी मोक्तान र आर्थिक मामिाला तथा योजनामन्त्री शालिकराम जम्मरकट्टेल गरी दुई जना रहेका छन् ।

यस्तै, नेपाली कांग्रेसबाट भौतिक पूर्वाधार विकासमन्त्रीमा कृष्णलाल भडेल र स्वास्थ्यमन्त्रीमा निमा लामा रहेका छन् । मुख्यमन्त्री पाण्डेले दुई मन्त्रालय आफू मातहतमा राखेका थिए ।

[pdfjs-viewer attachment_id=174926 url=https://sankalpakhabar.com/wp-content/uploads/2021/12/rajpatra.pdf viewer_width=0 viewer_height=800 url=https://sankalpakhabar.com/wp-content/uploads/2021/12/rajpatra.pdf download=true print=true fullscreen=false fullscreen_target=false fullscreen_text=”on” zoom=0 ]

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *