समाचार

नाम्खामा चामल पठाउन जिल्ला प्रशासनलाई गृहको निर्देशन

काठमाडौं ।हुम्लास्थित खाद्यान्न समस्या देखिएको नाम्खा गाउँपालिकामा चामल पठाउन जिल्ला प्रशासन कार्यालय हुम्लालाई गृह मन्त्रालयले निर्देशन दिएको छ। हुम्लाको हिल्सास्थित गोदाममा रहेको चामल सेनाको हेलिकाेप्टरमार्फत उक्त क्षेत्रमा पुर्‍याउन मंगलबार मन्त्रालयले निर्देशन दिएको हो।

गृहमन्त्री बालकृष्ण खाणले हुम्लास्थित प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन गर्दै स्टक रहेको चामल अभाव क्षेत्रमा पठाउन निर्देशन दिएका छन्। उनले जिल्लामा केही दिनपछि थप चामल पठाउने आश्वासन दिएका छन्। चामल पुर्‍याउन सेनालाई हेलिकाेप्टर उपलब्ध गराइदिन भन्दै मंगलबार गृहले पत्र काटेको मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए। नेपाली सेनाले नाम्खामा चामल पुर्‍याउनेछ।

यसअघि आजै हुम्लाका सांसद छक्कबहादुर लामा र नाम्खा गाउँपालिका– ६ का वडाध्यक्ष पाल्जोर तामाङले अर्थ मन्त्रालय र गृह मन्त्रालयलाई ज्ञापनपत्र बुझाएका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *