काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला र पूर्व महामन्त्री प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ ।
महामन्त्री कोइराला सिंहलाई भेट्न चाक्सीबारीस्थित निवासमा पुगेका थिए । भेटमा संस्थापन इतर समूहबाट साझा उम्मेदवार तय गर्नेबारे छलफल भएको बताइएको छ ।




