काठमाडौँ – आज मंसिर ३ गते सन् २०२१ को अन्तिम चन्द्र ग्रहण लाग्दै छ । पछिल्लो ५ सय ८० वर्षमा पहिलो पटक सबैभन्दा लामो अवधिसम्म आज चन्द्र ग्रहण लाग्नेछ । यो चन्द्र ग्रहण ३ घण्टा २८ मिनेट २४ सेकेन्ड लामो हुनेछ ।
यो पटकको चन्द्र ग्रहणमा चन्द्रमाको ९७ प्रतिशत भाग ढाकिनेछ । दिउँसो करिब साढे १ बजे यो ग्रहण उच्च बिन्दुमा पुग्नेछ । यो ५ सय ८० वर्ष यताकै सबैभन्दा लामो अवधिको चन्द्र ग्रहण हुनेछ । यो ग्रहण नेपाली आकाशबाट भने देखिँदैन । त्यसैले नेपालमा यसको सुतक नलाग्ने ज्योतिषहरूले बताएका छन् । भारतका केही स्थानबाट ग्रहण देखिने भए पनि त्यसको कुनै दोष लाग्दैन । ग्रहण बार्नुपर्ने कुनै आधार छैन ।
यसअघि सन् १४४० को फेब्रुअरी १८ मा सबैभन्दा लामो चन्द्र ग्रहण लागेको थियो । यति लामो चन्द्र ग्रहण अब ८ फेब्रुअरी २६६९ मा मात्र लाग्नेछ ।




