ताजा समाचार

प्रधानन्यायाधीशले बोलाएको ‘फुलकोर्ट’मा १८ जना न्यायाधीश उपस्थित

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बोलाएको ‘फुलकोर्ट’ बैठक अहिले बसिरहेको छ । केहीबेर अघि सुरु भएको बैठकमा प्रधानन्यायाधीशबाहेक १९ जना न्यायाधीश रहेकामा बिहीबार १८ जना उपस्थित छन् ।

बैठकमा गोला प्रथाद्वारा मुद्दा हेर्ने प्रयोजनका लागि आवश्यक पर्ने निर्देशिका पारित गर्ने कार्यसूची छ । प्रधानन्यायाधीशले गोलाप्रथा लागु गर्नका लागि आवश्यक नियम संशोधन प्रयोजनका लागि बैठक बोलाएको भन्दै उनीहरू बैठकमा उपस्थित हुन तयार भएका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *