ताजा समाचार

सर्वोच्चका कर्मचारीहरू पनि आन्दोलनमा

काठमाडौं।सर्वोच्च अदालतका कर्मचारीहरू पनि आन्दोलित भएका छन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग गर्दै न्यायाधीश र कानुन व्यवसायीको आन्दोलन चर्किरहेका वेला सर्वोच्चका कर्मचारीहरू पनि आन्दोलनमा उत्रेका हुन्।

अहिले देखिएको समस्याको समाधान र अदालतमा देखिएका विकृति तथा विसंगतिको अन्त्य हुनुपर्ने उनीहरूको माग छ। मंगलबारदेखि सुरु आन्दोलनको पहिलो चरणमा अदालतका सम्पूर्ण कर्मचारीहरूले हस्ताक्षर संकलन गरी बुझाउने अभियान सुरु भएको जनाइएको छ।

अदालतमा देखिएका विकृति र विसंगति हटाउन देशभरका अदालतका कर्मचारी एवं न्यायाधीशहरूलाई ऐक्यबद्धता जनाउन आग्रह गरिएको सर्वोच्चका कर्मचारीहरूको भनाइ छ। देशभरबाट प्राप्त हुने सबै हस्ताक्षर आज प्रधानन्यायाधीश र न्यायाधीशहरूलाई बुझाइने उनीहरूले जानकारी दिएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *