राजनीति

सर्वोच्चको विवाद केही दिनमै समाधान हुन्छ: प्रचण्ड

जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनमै सर्वोच्च अदालतको विवाद समाधान हुने बताएका छन् ।

महोत्तरीको रामगोपालपुर नगरपालिकामा आयोजित कार्यक्रममा सहभागी हुन आउने क्रममा बुधबार जनकपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अदालतमा देखापरेका समस्याबारे आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै उक्त समस्या छिटोभन्दा छिटो समाधान हुने बताए ।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले अदालतको समस्या समाधानका निम्ति सबै पक्षले आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्ने पनि बतनाए । उनले भने, ‘हामी अदालतबाटै एक–दुई दिनभित्र समस्या समाधान होस् भन्ने चाहेका छौँ ।’

अध्यक्ष प्रचण्डले आज महोत्तरीको रामगोपालपुर नगरपालिकामा स्वास्थ्य संस्थाको उद्घाटन गर्ने कार्यक्रम छ । सो कार्यक्रमका लागी नगरपालिएले सार्वजनिक बिदा दिने समेत दिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *