ताजा समाचार

नर्वे विश्वकपबाट बहिरियो, नेदरल्याण्डको स्थान पक्का

काठमाडौं । नर्वेलाई हराउँदै नेदरल्याण्डले सन् २०२२ मा कतारमा हुने विश्वकपमा आफ्नो स्थान पक्का गरेको छ । युरोपियन छनोट अन्तर्गत मंगलबार राति भएको खेलमा नर्वेलाई २-० गोल अन्तरले हराउँदै समूह ‘जी’ को बिजेता भएर नेदरल्यान्ड्सले विश्वकपमा सोझै स्थान बनाएको हो। समूह जी मा टर्की दोस्रो हुँदै प्लेअफमा छनोट भएको हो ।

खेलको अन्त्यतिर स्टिभन बर्गविन र बार्सिलोनाका फरवार्ड मेम्फिड डिपायले गोल गर्दै नेदरल्याण्डलाई समूहको शीर्ष स्थानमा कायम राखे । नेदरल्याण्डका लागि भने पराजय निकै भारी पर्‍यो । स्टार स्ट्राइकर अर्लिङ ब्राउट हालान्डको अनुपस्थितिले पनि नर्वेलाई ठूलो घाटा भयो । उता, टर्कीले मोन्टीनेग्रोलाई २-१ गोलले हराउँदै समूहको दोस्रो स्थानमा रहन सफल भयो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *