कर्णाली प्रदेश

कर्णालीमा चन्द्रबहादुर शाही मन्त्रीमा नियुक्त

काठमाडौं । कर्णाली प्रदेशमा एकीकृत समाजवादीका चन्द्रबहादुर शाही मन्त्रीमा नियुक्त भएका छन् । मुख्यमन्त्री जीवनबहादुर शाहीले मंगलबार आन्तरिक मामिला तथा कानून मन्त्रालयमा मन्त्री नियुक्त गरेका हुन् ।

नेकपा (कीकृत समाजवादी) कर्णाली प्रदेश संसदीय दलका नेता चन्द्रबहादुर शाहीलाई आन्तरिक मामिला तथा कानून मन्त्री बनाइएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ । उनको आज बेलुका सपथ ग्रहण कार्यक्रम रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *