ताजा समाचार

सर्वोच्चका न्यायाधीशहरुले भने- ‘न्यायालयको सुधारका लागि हामीहरु एकै ठाउँमा छौँ’

काठमाडौं । सर्वोच्चका न्यायाधीशहरुले न्यायालयको सुधारका लागि आफुहरु एकै ठाँउमा रहेको बताएका छन् । मंगलबार नेपाल बार र सर्वोच्च बारका प्रतिनिधिससँगको छलफलमा सहभागी न्यायधिशहरुले सर्वोच्च अदालतका न्यायाधीश विभाजित नभएको भन्दै सवै एकै खेमातर्फ रहेको दावी गरेका हुन् ।

छलफलका क्रममा उनीहरुले आफुहरु सवै एकैठाँउ रहेको र इजलाश भएका कारण केहि न्यायधिश आउन नसकेको भन्दै बारले अन्तिम निर्णय गरे एकैठाँउ रहने बताएको बारका उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिए ।

मंगलबार चार जना न्यायाधीश नियमित इजलासमा फर्केका थिए । त्यस्तै छलफलमा न्यायधिशहरुले नागरिक सेवाबाट बञ्चित हुनुपरेकोमा चिन्तित भएको भन्दै न्यायलयको सुधारका लागि आफुहरुले पनि पहल गर्ने बताएको उपाध्यक्ष बस्यालले बताए ।

आफुहरुले प्रधानन्याधिशको राजीनामा नै बटमलाईन भएको स्पष्ट पारेको उनको भनाई छ । छलफलमा बारका उपलव्ध पदाधिकारी, सर्वोच्च बारका अध्यक्ष, उपाध्यक्ष र सचिवका साथै न्यायधिशहरुको सहभागी रहेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *