ताजा समाचार

प्रदेश १ : एमाले सांसद अनुपस्थित भएपछि मुख्यमन्त्रीले विश्वासको मत लिन पाएनन्

विराटनगर । प्रदेश १ को प्रदेशसभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ।आज मंगलबार साढे १२ बजे बस्ने बैठकमा मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गर्ने तयारी गरेका थिए।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले बैठकमा उपस्थित नभएपछि सभामुखले बैठक स्थगित गरेका हुन्।सभामुख प्रदीपकुमार भण्डारीले एमाले उपस्थित नभएकाले बैठक भोलि बिहान साढे ११ बजे बस्ने जानकारी सदनमा गराउँदै स्थगित गरेका थिए।

यसअघि आज बस्ने बैठकमा नेकपा एमालेले आफ्ना सदस्य उपस्थित नहुने जनाएको थियो।बन्दको कारण देखाउँदै बैठकमा उपस्थित हुन नसक्ने एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले जानकारी दिएका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *