राजनीति

सर्‍यो प्रदेश १ को प्रदेशसभा बैठक,भोलि साढे ११ बजे बस्ने

काठमाडौं । विपक्षी दल नेकपा एमालेका सांसदहरू उपस्थित नहुने भएपछि प्रदेश नम्बर १ को प्रदेश सभा बैठक स्थगित भएको छ।

मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिनेका लागि बोलाइएको बैठक भोलि विहान साढे ११ बजेसम्मका लागि स्थगित भएको हो ।

नेकपा एकीकृत समाजवादी, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र जसपा सम्मिलित ५ दलीय गठबन्धनबाट राई मुख्यमन्त्री हुन् । प्रदेशको ५ दलीय सत्ता गठबन्धनमा ५० सांसद छन् ।

९३ सदस्यीय प्रदेश सभामा हाल ९२ सांसद छन् । कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जसपाका ३ र संघीय लोकतान्त्रिक मञ्चका १ गरी ५० सांसद गठबन्धन दलसँग छन् ।

प्रदेशको प्रमुख प्रतिपक्षी दल एमालेसँग ४१ सांसद छन् । जसमा १ सभामुख र १ जना फरार भएका कारण अहिले एमालेसँग ३९ जना मात्रै रहेका छन् । राप्रपासँग पनि १ मत रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *