ताजा समाचार

कांग्रेसले १४ औं महाधिवेशन उम्मेदवारको शुल्क तोक्यो, कसको कति ?

काठमाडौं । कांग्रेसले १४औं महाधिवेशनका लागि विभिन्न तह र पदको उम्मेदवारी शुल्क तोकेको छ । कांग्रेसले प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति अन्तर्गत सभापतिका लागि सात हजार शुल्क तोकेको छ ।

यस्तै उपसभापति र सचिवका लागि पाँच हजार, प्रदेश सभा क्षेत्रीय सहसचिव लड्न चाहनेहरूले भने चार हजार र सदस्यका लागि दुई हजार शुल्क निर्धारण गरिएको कांग्रेस नेता गंगन कुमार थापाले बताए ।

कांग्रेसले प्रदेश सभापतिका लागि १५ हजार उम्मेदवारी शुल्क तोकेको छ । यस्तै उपसभापति र सचिवका लागि सात ११ शुल्क निर्धारण गरिएको छ । प्रदेश सहसचिवका लागि भने ५ हजार शुल्क तोकिएको कांग्रेसले जनाएको छ । त्यसैगरी कांग्रेसले प्रदेश सभा क्षेत्रीय कार्यसमितिअन्तर्गत सभापतिका लागि पाँच हजार शुल्क तोकेको छ।

यस्तै उपसभापति र सचिवका लागि तीन हजार शुल्क निर्धारण गरिएको छ । प्रदेश सहसचिव लड्न चाहनेहरूले भने पच्चीस सय तीर्नुपर्ने छ । प्रदेश सभा सदस्यका लागि दुई हजार शुल्क निर्धारण गरिएको कांग्रेसले जनाएको छ । पार्टीको अनुसूची २५ अनुसार उम्मेदवारी शुल्क तोकिएको कांग्रेसले जनाएको छ । पार्टीको अनुसूची २५ अनुसार उम्मेदवारी शुल्क तोकिएको कांग्रेसले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *