राजनीति

प्रधानन्यायाधीश राणाले तोके आफूसहितको ६ इजलास

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले सोमबारका लागि ६ वटा इजलास तोकेका छन्। प्रधानन्यायाधीश राणाले चारवटा संयुक्त र दुई एकल इजलास तोकेका हुन्।

प्रधानन्याायधीश राणाले आज आफ्नो पनि इजलास तोकेका छन्। पेशी तोकिएका सबै मुद्दा बन्दीप्रत्यक्षीकरणसँग सम्बन्धित रहेका छन्।

पछिल्लो समय न्यायालय विवादमा छ । सर्वोच्च अदालतका न्यायाधीशहरु र नेपाल बार एसोसिएसन प्रधानन्यायाधीशविरुद्ध चरणबद्ध रुपमा आन्दोलनमा उत्रिरहेका छन् । प्रधानन्यायाधीशले राजीनामा दिँदै मार्ग प्रशस्त गर्नुपर्ने उनीहरुकाे माग छ तर, प्रधानन्यायाधीश राणाले सम्मानजनक बहिर्गमनकाे प्रस्ताव अगाडि तेर्स्याएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *