ताजा समाचार

तपाईको आजको राशिफल

तपाईको आजकोे राशिफल
२०७८ कार्तिक १ गते, सोमवार, १८ अक्टोबर २०२१। आश्विन शुक्लपक्ष, त्रयोदशी तिथि ९१८ः२८ बजेदेखि चतुर्दशी।

मेष
खर्च लागे पनि काम बन्नेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ला। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको कामसमेत बन्न सक्छ। आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुटाउन सकिनेछ। भेटघाटका लागि समय अनुकूल नदेखिए पनि टाढाका साथीभाइले काममा साथ दिनेछन्। अर्थसञ्चय नहुन सक्छ। समयमा आलस्य गर्ने बानीले पछि परिनेछ। लगानी बढाउने अवसर प्राप्त हुनेछ।

वृष
मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम सम्पादन गर्दै मनग्य धन आर्जन गर्न पनि सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेको सफलताले नयाँ अवसर पनि दिलाउन सक्छ।

मिथुन
सानातिना काममै अलमलिनाले ठूलो उपलब्धि नहुन सक्छ। लोकाचारका पछि लाग्दा अरूले फाइदा उठाउन सक्छन्। पुराना कामको चर्चा भए पनि नयाँ अवसरका लागि निकै मेहनत गर्नुपर्ला। साथीभाइको सहयोगले सामाजिक कार्य गर्न सकिनेछ। लगनशीलताले आँटेको काम सम्पादन हुनेछ। व्यापारमा सामान्य फाइदा होला। जिम्मेवारी हातपार्न केही समय लाग्ने देखिन्छ।

कर्कट
मेहनत गर्दा भाग्योन्नतिको समय छ। समुदायको हितमा केही राम्रै काम गर्न सकिनेछ। धार्मिक र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। सामाजिक उत्तरदायित्व हातपार्न सकिनेछ। रोकिएको कामले पनि निकास पाउनेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। शक्तिको धाक देखाउनेहरू स्वतस् निहुरिनेछन्। तारिफयोग्य काम गर्दै पदीय जिम्मेवारी प्राप्त गर्न सकिनेछ।

सिंह
अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। अवसरका लागि केही त्याग गर्नुपर्ला। समय लागे पनि मिहिनेत गर्दा काम बनाउन सकिनेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। पहिलेका कमजोरीमा क्रमशस् सुधार आउनेछ।

कन्या
हडबडले काम बिग्रनेछ भने धैर्य एवं मेहनतले मनग्य आम्दानी दिलाउनेछ। अतिथिका रूपमा सम्मान प्राप्त होला। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन पनि कसिने सम्भावना छ। विभिन्न सहयोग र उपहारसमेत पाइनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। वादविवादबाट जोगिने प्रयत्न गर्नुहोला।

तुला
समय संघर्षपूर्ण रहनेछ। हठ गर्ने बानीले दुःख पाइनेछ। परिस्थितिसँग केही सम्झौता गर्नुपर्ला। तापनि लक्ष्यमा पुग्न निकै मेहनत पर्नेछ। ईर्ष्याभाव राख्नेहरूले दुःख दिनेछन्, वादविवादबाट टाढा रहनुहोला।अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। यात्रा खर्चिलो हुनेछ। प्रतिस्पर्धीसँगको सम्झौता टुंगिन सक्छ।

वृश्चिक
श्रम परे पनि सुखद् समाचारले उत्साह जगाउनेछ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ।

धनु
परिस्थति प्रतिकूल देखिए पनि जोगिएर काम गर्नुपर्ने समय छ। साथीभाइले साथ दिनेछन्। पशुधन र जमिनबाट लाभ हुनेछ। समय लागे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। साझेदारीमा फाइदा हुनेछ। दुविधा उत्पन्न हुने समय रहेकाले हतारमा निर्णय नलिनुहोला। बेसुरमा वचन दिने बानीले पनि अप्ठ्यारो पर्न सक्छ। महत्त्वाकांक्षी योजना सार्वजनिक नगर्नुहोला।

मकर
परिस्थितिवश केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। सहयोगीहरूको भरपर्दा काम बिग्रन सक्छ। सुरुमा काम रोकिए पनि दोहोर्याएर प्रयत्न गर्दा सम्पादन हुन सक्छ। उद्योग र व्यापारमा फाइदा हुनेछ। मेहनतीहरूका लागि समय फलदायी रहनेछ। आजको कामबाट पछिसम्म फाइदा पुग्न सक्छ। प्रतिस्पर्धीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्।

कुम्भ
छोटो समयमा फाइदा उठाउन सकिनेछ। अध्ययन, लेखन तथा मनोरञ्जनमा समय बित्नेछ। बोली र विचारका प्रशंसकहरू बढ्नेछन्। रमाइला क्रियाकलापमा सहभागी बन्ने अवसर जुट्नुका साथै मान–सम्मान प्राप्त हुने समय छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। मिहिनेतले काममा सफलता दिलाउनेछ। समस्या पन्छाएर पनि उपलब्धि हात पार्न सकिनेछ।

मीन
पहिलेको सफलताले हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। साथीभाइको सहयोगले काममा हौसला जाग्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। मिहिनेतले मानसम्मान दिलाउनेछ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। पहिलेका कमजोरी सच्याउने अवसर पनि प्राप्त हुनेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *