ताजा समाचार

शुल्कमा द्विविधा भएपछि केयु मेडिकलतर्फ भर्ना स्थगन

काठमाडौं । चिकित्सा शिक्षा आयोगले मेडिकल शिक्षामा शुल्क वृद्धि गरी द्विविधा उत्पन्न गरेको भन्दै काठमाडौं विश्वविद्यालयले विद्यार्थी भर्नासम्बन्धी सबै कार्यक्रम स्थगन गरेको छ।

विश्वविद्यालयका म्यानेजर दीपक दाहालले आइतबार सूचना प्रकाशित गरी आयोगले विदेशी विद्यार्थीको हकमा एमबिबिएसमा काठमाडौं विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच नै शुल्कमा एकरूपता कायम नगरी द्विविधा उत्पन्न गराएको भन्दै सबै भर्ना स्थगन गरेको जानकारी दिए।

साथै नर्सिङमा समेत शुल्क वृद्धि गरी अन्योलको वातावरण कायम गरेको हाललाई कुनै पनि विषयमा भर्ना लिन सक्ने अवस्था नरहेको सूचनामा उल्लेख छ।

केयुले स्नातक तहको एमबिबिएस, बिडिएस, बिपिटी, बिएस्सी नर्सिङ, बिएन, बिएमआइडी, बिएस्सी एमआइटी र बिएस्सी ल्याब एमइडीको भर्ना स्थगन गरेको दाहालले जानकारी दिए।

आयोगले असोज १५ गते सबै विश्वविद्यालयका नाममा सूचना जारी गरी शैक्षिक सत्र २०७७र७८ का लागि गत वर्ष कायम भई कार्यान्वयनमा रहेका कार्यक्रमहरूको शुल्क यथावत् राखी विदेशी विद्यार्थीका हकमा समेत विश्वविद्यालय र प्रतिष्ठानहरूले लिई आएको नेपाली विद्यार्थीको शुल्कमा १।६ गुणाले हुन आउने शुल्क लिनू भनी निर्देशन दिएको थियो।

आयोगले तोकेको शुल्कअनुसार शैक्षिक सत्र २०७७र७८ का लागि एमबिबिएसमा ४० लाख, २३ हजार २ सय ५० हो। यसमा १।६ ले गुणा गर्दा विदेशी विद्यार्थीको हकमा ६४ लाख ३ हजार ७ सय २० हुन आउँछ। तर, त्रिविको चिकित्सा शासत्र अध्ययन संस्थान ९आइओएम० डिन कार्यालयले विदेशी विद्यार्थीका हकमा ९० हजार १६ अमेरिकी डलर तोकेर एक तिहाइ रकमबराबर ३० हजार ५ हिमालयन बैंकमा दाखिल गर्न सूचना जारी गर्‍यो।

साथै बिपी मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठानले समेत विदेशी विद्यार्थीको शुल्क ७४ हजार ५ सय ५५ अमेरिकी डलर तोकेर भर्नाको समयमा २५ हजार ४ सय ४० अमेरिकी डलर शुल्क तिर्न सूचना जारी गरेपछि शुल्क विवाद सुरु भएको हो।

नागरिक दैनिकमा खबर छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *