काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार बिहान ११ बजे पार्टीको धारणा सार्वजनिक गर्ने भएका छन् ।
एमाले केन्द्रीय कार्यालयका अनुसार अध्यक्ष ओलीले स्थायी कमिटिको बैठकले गरेका निर्णय, पार्टी जीवनमा देखिएको पछिल्लो अबस्था र देशको समसामयिक राजनीतिक अबस्थाका बारेमा एमाले धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्न लागेको जानकारी दिएको छ ।
एमालेबाट विद्रोह गरेर नयाँ दल दर्ताका लागि निवेदन दिएका वरिष्ठ नेता माधवकुमार नेपालको पार्टीले दर्ता प्रमाणपत्र पाउने आंकलन गरिएकै दिन अध्यक्ष ओलीले पत्रकार सम्मेलनको आयोजना गरेका हुन् ।





