राजनीति

माधवलाइ छोडेर आएका मध्यमार्गी नेतासहित एमाले स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौं । नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज बस्दै छ । आजको बैठकमा मध्यमार्गी पक्षमा रहेका नेताहरु पनि उपस्थित हुने जनाइएको छ ।
। एमालेका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले आज ११ बजेका लागि च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बैठक बस्ने जानकारी दिए ।

विगतमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा खुलेका भए पनि अहिले नेपाल पक्षलाइ छाेडेर पूनः अध्यक्ष केपी शर्मा ओलीतिरै फर्किएका भीम रावल, याेगेश भट्टराइ अष्टलक्ष्मी शाक्यलगायत नेता अाजकाे बैठकमा सहभागी हुदै छन् । मध्यमार्गी नेताहरू र अध्यक्ष केपी शर्मा ओलीबीच सोमबार भएको छलफलमा स्थायी कमिटी बैठक गरी पार्टीलाई गतिशील बनाउने सहमति भएको हो ।उनीरुबीच गत असार २७ मा भएको १० बुँदे सहमतिबमोजिम अघि बढ्ने समझदारी बनेको बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *