ताजा समाचार

कोरोना प्रभावित हुँदै प्रिमियर लिग, थप १६ जनामा सङ्क्रमण पुष्टि

एजेन्सी । चालु प्रिमियर लिगमा थप १६ जना खेलाडी र क्लबका स्टाफलाई कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । साप्ताहिक रुपमा गरिँदै आएको परीक्षणमा उनीहरुलाई संक्रममण पुष्टि भएको हो ।
प्रिमियर लिगले १६ देखि २२ अगस्तको बीच लिगले ३ हजार ६० जनाको परीक्षण गर्दा पहिलो चरणमा १२ र दोस्रो चरणमा थप ४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएपछि चेल्सीका फरवार्ड क्रिस्टियन पुलिसिचले आइतबार आर्सनलबिरुद्धको खेल गुमाएका थिए । त्यस्तै, आर्सनलका नयाँ डिफेन्डर बेन ह्वाइट पनि सङ्क्रमित बनेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *