ताजा समाचार

अफगानिस्तानबाट फर्किए २ सय ९६ नेपाली

काठमाडौं । सरकारले अफगानिस्तानबाट अहिलेसम्म २ सय ९६ जना नेपाली स्वेदश फर्किएको जनाएको छ ।

तालिबानले अफगानिस्तान नियन्त्रणमा लिएपछि त्यहाँ रहेकामध्ये दुई सय ९६ जना नेपाली स्वदेश आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मंगलवार बिहान एक सय १८ जना, त्यसैदिन राति ८४ जना, बुधवार बिहान ६५ जना र दिउँसो २५ जना, बिहिबार आठ जना गरी जम्मा २ सय ९६ जना काठमाण्डौ आइपुगेका परराष्ट्र मन्त्रालयले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *