ताजा समाचार

एमाले एकता विवाद- ओली उप्काउँदै नेपाल टाँस्दै


काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सोही पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले ‘तपाईंले जति गाली गरे पनि हामी फर्काउँदैनौं, किनभने हामी पार्टीको एकता चाहन्छौं’ भन्ने जवाफ दिएपछि सो पार्टीमा एकताको वातावरण बन्ने अपेक्षा गर्नेहरू केही समययता निरास भएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा नेपाल पक्षले ओलीका साथ एउटै लहरमा बसेर एकताको ‘जेस्चर’ पनि देखायो । तर, ओलीको व्यवहारमा भने नेपाल पक्षमा उभिएका नेता–कार्यकर्ताप्रति कुनै सकारात्मक दृष्टिकोणको संकेत देखिएन । ओलीले सोमबार मात्र पनि नेपाल पक्षलाई ललकार्दै भन्नुभयो, –‘मलाई सच्चिने अन्तिम मौका छ रे, माफी माग भनेका छन् । अब मैले दाम चढाएर उनले जस्तै वरिपरि घुमेर माफी माग्नुपर्ने ?’ओलीले प्रधानमन्त्री रहँदा असंवैधानिक किसिमले प्रतिनिधिसभा विघटन गर्ने, अध्यादेशमार्फत सरकार चलाउने र कम्युनिस्ट पार्टीको व्यवहारअनुसार सामूहिक नेतृत्वको अभ्यास नगरेको वा पार्टीमा सल्लाह नगरी एक्लै चल्ने जस्ता व्यवहार गरेर अधिनायकवादी चरित्र आरोप लगाएको नेपाल पक्षले यसका लागि आत्मालोचना गरेर पार्टीलाई मिलाएर लानुपर्ने धारणा राख्दै आएको छ । तर, ओलीको आजसम्मको व्यवहार हेर्दा जतिसुुकै ठूलो उपलव्धिका लागि पनि झुक्ने सम्भावना देखिएन ।

ओलीले प्रधानमन्त्री पदबाट निष्कासनमा परेपछि पहिलोपटक मंगलबार प्रतिनिधिसभाको रोस्टममा जुनरूपमा बोल्नुभयो, त्यो हेर्दा पनि विरोधी वा प्रतिपक्षीलाई निर्मम प्रहार गर्ने अभ्यासमा कुनै कमी देखाउनुभएको छैन । आफ्नो कमजोरी स्वीकार गर्दा नै लोकतन्त्र बलियो हुन्छ, पार्टी एकढिक्का रहन्छ भन्ने सत्य उहाँले महसुस गर्नुभएको पाइएन ।आफ्नो सरकार जोगाउन भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयलसँग आफ्नो पदीय मर्यादा बिर्सेर ‘सम्झौता’ गरेको, कुर्सीकै रक्षाका लागि कानुन मिचेर जसपाको राजेन्द्र महतो समूहलाई सरकारमा भित्र्याएको, संविधान मिचेर जनप्रतिनिधिको उच्च संस्थालाई खारेज गरेको जस्ता गम्भीर गल्तीमाथि उभिएर विरोधीलाई आलोचना गर्ने उहाँको व्यवहार हेर्दा एमालेमा एकीकरणको सम्भावना क्षीण हुँदै गएको प्रमाणित हुन्छ ।छिमेकी भारतले नियन्त्रणमा लिएको नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुराका सम्बन्धमा वर्तमान देउवा सरकारले ‘सीमा समस्या’ भन्दै साझा न्यूनतम कार्यक्रम प्रकाशित गरेकोमा पनि ओलीको आपत्ति थियो, ‘यो भूमि वार्ता गरेर फिर्ता ल्याउँछु किन भन्न नसकेको रु’ प्रष्ट छ, सो क्षेत्रमा भारतले सडक खन्दा ओलीकै सरकार थियो, वर्षौंसम्म कानमा तेल हालेर बस्ने उहाँ नै हो । अरूलाई भन्न जति सजिलो छ, परराष्ट्र सम्बन्धमा ८० प्रतिशतभन्दा बढी भारतमा निर्भर रहेको नेपालका लागि राष्ट्रिय एकताको वातावरण नबनेसम्म यस्ता विषयमा प्रगति हासिल गर्न सजिलो छैन भन्ने तथ्य नक्सा पास गर्दाको अवस्थालाई स्मरण गरे पुग्छ ।
नेपाल समाचारपत्रमा खबर छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *